Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानले भन्यो- गैर-शत्रुतापूर्ण देशहरुका लागि हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

इरानले भन्यो- गैर-शत्रुतापूर्ण देशहरुका लागि हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

सोमवार , चैत्र ९, २०८२

एजेन्सी। मध्यपुर्वमा जारी तनावका बीच इरानले होर्मुज क्षेत्र अवरुद्ध नरहेको जनाएको छ। 

आइतबार इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै युद्धसम्बन्धी अवस्थाका कारण आवश्यक सुरक्षा उपायहरू अपनाएर जहाज आवागमन जारी रहेको जनाएको हो ।

विदेश मन्त्रालयले हर्मुज क्षेत्रमा जहाज सञ्चालन स्वतन्त्रता र समुद्री सुरक्षालाई सधैं सम्मान गर्दै आएको बताएको छ। 

विज्ञप्तिअनुसार, आक्रमणमा संलग्न वा समर्थन गर्ने देशका जहाजहरूलाई हर्मुज क्षेत्र पार गर्न रोक लगाइएको छ। तर अन्य देशका गैर(शत्रुतापूर्ण जहाजहरूले इरानी निकायसँग समन्वय गरी सुरक्षित रूपमा आवागमन गर्न सक्ने जनाइएको छ, यदि उनीहरूले इरानविरुद्धको गतिविधिमा सहभागिता जनाएका छैनन् भने।

इरानले उक्त क्षेत्रमा दीगो शान्ति र स्थायित्व कायम गर्न बाह्य सैन्य आक्रमण अन्त्य हुनु आवश्यक रहेको जोड दिएको छ। 

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त रूपमा तेहरानसहित इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए। उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेताअली खामेनेई सहित उच्च सैन्य अधिकारी र सर्वसाधारणको मृत्यु भएको थियो।

त्यसपछि इरानले जवाफस्वरूप इजरायल र मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ। 

त्यसैले पछिल्लो समय संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका सैन्य आक्रमणका कारण खाडी क्षेत्र र हर्मुज क्षेत्रमा जोखिमपूर्ण अवस्था सिर्जना भएको दाबी गरिएको छ।

इरानको होर्मुज स्ट्रेटमा पकड र निरन्तर हमलाका कारण अमेरिकाका सर्मथक खाडी देशहरु साउदी अरब, कतार, इराक, कुवेत र यूएई आपूर्ति प्रभावित भएको छ। सुरक्षित समुद्री मार्गको कमी, बढ्दो हमला र लजिस्टिक समस्या कारण यी देशहरूको कुल उत्पादन ७० प्रतिशत सम्म घटेको छ।

यसको फाइदा उठाउँदै इरानले खार्ग टर्मिनल सञ्चालनमा राखेको छ । अहिले ‘अवैध मार्ग’मार्फत चीनलाई आपूर्ति जारी राखेको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र एस एन्ड पी ग्लोबलका अनुसार इरानले दैनिक १.७ देखि २ मिलियन बैरल (१७ देखि २० लाख बैरल) तेल निर्यात गरिरहेको छ।

रिपोर्ट अनुसार होर्मुज स्ट्रेटबाट गुज्रिने विदेशी जहाजहरूबाट इरानले प्रति जहाज करिब १६.५ करोड रुपैयाँ ‘वार ट्याक्स’ पनि असुल गरिरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077