Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानले ट्रम्पको दाबी अस्वीकार गरेपछि विश्व बजारमा फेरि बढ्यो कच्चा तेलको मूल्य

इरानले ट्रम्पको दाबी अस्वीकार गरेपछि विश्व बजारमा फेरि बढ्यो कच्चा तेलको मूल्य

'स्ट्रेट अफ होर्मुज अप्रिलको अन्त्यसम्म नखुलेमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने चेतावनी'

मंगलवार , चैत्र १०, २०८२

एजेन्सी । मध्य पुर्वमा जारी युद्ध अन्त्यका सम्भावित वार्ता अस्वीकार गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिट्टै सम्झौता हुने दाबी गरे पनि इरानले त्यसलाई खण्डन गरेपछि आपूर्तिमा देखिएको त्रासले तेलको मूल्य बढेका हो।

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्डट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँग युद्ध रोक्न वार्ता भइरहेको भन्दै ५ दिनका लागि आक्रमण रोकेको र पछिल्ला दुई दिनमा दुवै पक्षबीच भएको छलफल 'उत्साहजनक र परिणाममुखी' रहेको दाबी गरेका थिए ।

जसकारण सोमबार ब्रेन्टको मूल्यमा १० प्रतिशतभन्दा बढी गिरावट आएको थियो ।

तर सोमबार नै अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि सकारात्मक वार्ता भइरहेको भन्ने ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेको थियो ।

'अमेरिका-इरानबीच कुनै प्रकारको वार्ता नभएको जनाएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको वार्तासम्बन्धी दाबी अस्वीकार्य छ,' इरानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको थियो ।

त्यसकारण सोमबार भारी गिरावट भएको ब्रेन्ट क्रुडको मूल्य मंगलबार फेरि १.१ प्रतिशतले बढेर प्रति ब्यारेल १०१ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) पनि १.८ प्रतिशतले बढेर ८९.७१ डलर कायम भएको छ।

इरानको रिभोलुसनरी गार्ड्सले ट्रम्पको दाबीलाई ‘मनोवैज्ञानिक अपरेसन’ भन्दै अमेरिकी लक्ष्यहरूमा नयाँ आक्रमण सुरु गरेको जनाएपछि बजारमा फेरि अस्थिरता बढेको छ।

स्ट्रेट अफ होर्मुजबाट हुने विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति अझै ठप्प रहँदा विश्वव्यापी चिन्तन बढेको छ। म्याक्वेरी जस्ता ठूला वित्तीय संस्थाहरूले स्ट्रेट अफ होर्मुज अप्रिलको अन्त्यसम्म नखुलेमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।

इरानको इस्फाहान र खोररामशहरमा रहेका ग्यास पूर्वाधारहरूमा भएका पछिल्ला आक्रमणले ऊर्जा संकट थप जटिल बनाएको छ। अमेरिकाले समुद्रमा रहेका रूसी र इरानी तेलमा अस्थायी प्रतिबन्ध फुकुवा गरे पनि बजारमा सहजता आउन सकेको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077