Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्पले दिए उपराष्ट्रपति र विदेशमन्त्रीलाई इरानसँग वार्ताको जिम्मा

ट्रम्पले दिए उपराष्ट्रपति र विदेशमन्त्रीलाई इरानसँग वार्ताको जिम्मा

बुधवार , चैत्र ११, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई जिम्मा दिएका छन् ।

उपराष्ट्रपति र विदेशमन्त्रीले इरानसँग वार्ताको नेतृत्व गरिरहेको ट्रम्पले जानकारी दिए । उनले रानसँग सम्झौता हुने आशा पनि व्यक्त गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको बढ्दो तनावकाबीच आफ्नो सैन्य रणनीति क्रमशः घटाउँदै लगेको बताए ।

तर उनका पछिल्ला अभिव्यक्ति र व्यवहार हेर्दा, एकातिर तनाव कम गर्ने संकेत देखिए पनि अर्कातिर कडा चेतावनी जारी राखिएकोले ट्रम्पको वास्तविक योजना के हो ? भन्नेमा अझै अन्योल रहेको छ । 
 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077