Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी युद्धविराम प्रस्ताव इरानले गर्‍यो अस्वीकार

अमेरिकी युद्धविराम प्रस्ताव इरानले गर्‍यो अस्वीकार

बुधवार , चैत्र ११, २०८२

एजेन्सी । इरानले अमेरिकाद्वारा युद्ध अन्त्यका लागि पठाइएको १५ बुँदे प्रस्ताव अस्वीकार गरेको छ ।

इरानी अधिकारीहरूले बुधबार भनेका छन् कि प्रस्ताव 'अत्यधिक अधिकतमवादी र अव्यावहारिक' रहेको र यसको कुनै अर्थ नभएको उनको प्रतिक्रिया छ ।

इरानले युद्ध तब मात्र अन्त्य गर्ने स्पष्ट संकेत दिएको छ जब उसले आवश्यक ठानेका आफ्ना शर्तहरू पूरा हुन्छन् ।

इरानले यसअघि राखेका पाँच मुख्य शर्त दोहोर्याउँदै अमेरिकालाई चेतावनी दिएको छः शत्रुपक्षबाट हुने आक्रमण र लक्षित हत्या पूर्ण बन्द, इरानमाथि पुनः युद्ध नथोपिने ठोस संयन्त्र, युद्धबाट भएको क्षतिको स्पष्ट क्षतिपूर्ति, खाडी क्षेत्रमा रहेका अमेरिकी सुरक्षा बेस बन्द र इरानको सार्वभौम अधिकारको अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित।

प्रेस टिभीले इरानी अधिकारीको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ कि प्रस्ताव भ्रामक र प्रस्तुतिमा दिशाभ्रम पैदा गर्ने खालको रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077