Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भारतसहित पाँच देशका जहाजलाई हर्मुजको जलडमरूम प्रयोग गर्न इरानको अनुमति

भारतसहित पाँच देशका जहाजलाई हर्मुजको जलडमरूम प्रयोग गर्न इरानको अनुमति

बिहिवार , चैत्र १२, २०८२

एजेन्सी । इरानले भारत, चीन, रुस, इराक र पाकिस्तानका जहाजलाई हर्मुजको जलडमरूमबाट जान अनुमति दिएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले चीनलगायत मित्र राष्ट्रहरूलाई होर्मुज मार्ग उपलब्ध गराइरहेको बताएका हुन् ।

अराघचीले मित्र राष्ट्रहरूलाई हर्मुजको जलडमरूमबाट जान अनुमति दिइएको बताए । 

इरानले पहिले नै हर्मुजको जलडमरूम पूर्ण रूपमा बन्द नभएको बताएको छ। यो मार्ग इरानको विरुद्धमा रहेका देशहरूका लागि मात्र बन्द छ। अन्य देशहरूलाई निश्चित सर्तहरूमा जान अनुमति दिइँदैछ।

यसअघि बुधबार राति इरानले हिन्द महासागरमा दुर्घटनाग्रस्त अमेरिकी लडाकु विमानलाई गोली हानेको दाबी गरेको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077