Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा एमालेद्वारा प्रतिनिधि र राष्ट्रिय सभाका सांसदहरूको बैठक आह्वान, ओलीले निर्देशन दिने

नेकपा एमालेद्वारा प्रतिनिधि र राष्ट्रिय सभाका सांसदहरूको बैठक आह्वान, ओलीले निर्देशन दिने

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूको संयुक्त बैठक आह्वान गरेको छ।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज दिउँसो २ बजे सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

शपथ ग्रहण लगत्तैदिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।

पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी रणनीति र निर्देशन दिने कार्यक्रम समावेश छ। 

एमालेबाट गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा २५ जना र माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट ८ जना सांसद निर्वाचित भएका छन्।

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077