Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकी डलरमा अबदेखि राष्ट्रपतिको हस्ताक्षर रहने

अमेरिकी डलरमा अबदेखि राष्ट्रपतिको हस्ताक्षर रहने

शुक्रवार , चैत्र १३, २०८२

एजेन्सी । अमेरिकी अर्थ मन्त्रालय (यूएस ट्रेजरी) ले भविष्यमा छापिने अमेरिकी डलरका नोटहरूमा राष्ट्रपतिको हस्ताक्षर समावेश गर्ने ऐतिहासिक निर्णय गरेको छ ।

अब बहालमा रहुन्जेल डोनाल्ड ट्रम्प र अर्थमन्त्री स्कट बेसेन्टको हस्ताक्षर नोटमा रहने जनाइएको छ ।

यो कदमसँगै अमेरिकी इतिहासमा पहिलो पटक बहालवाला राष्ट्रपतिको हस्ताक्षर आधिकारिक मुद्रामा देखिन लागेको हो।

सन् १८६१ देखि चलिआएको परम्पराअनुसार हालसम्म डलर नोटमा ‘ट्रेजरर’ (कोषाध्यक्ष) को हस्ताक्षर रहने व्यवस्था थियो, जसलाई अब हटाइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार ट्रम्पको हस्ताक्षर भएको पहिलो १०० डलरको नोट आगामी जुन महिनादेखि छाप्न सुरु हुनेछ।

अमेरिकी स्थापना भएको २५०औँ वार्षिकोत्सव (२०२६) को सम्मानमा यो परिवर्तन गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077