Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुई साताभित्र इरानबाट अमेरिकी सेना फिर्ता हुने डोनाल्ड ट्रम्पको घोषणा

दुई साताभित्र इरानबाट अमेरिकी सेना फिर्ता हुने डोनाल्ड ट्रम्पको घोषणा

बुधवार , चैत्र १८, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानबाट अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र बाहिरिने घोषणा गरेका छन् ।

ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

इरान अहिले कमजोर भएको र सम्झौताका लागि ‘भिख मागिरहेको’ उनको दाबी छ ।

उनले इरानी शासनले आगामी कैयौँ वर्षसम्म परमाणु हतियार बनाउन नसक्ने कुरामा अमेरिका निश्चित भएपछि सेना पूर्ण रूपमा फर्कने प्रस्ट पारे ।

यसैबीच, ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरूलाई समेत कडा चेतावनी दिँदै हर्मुज बाट तेल आपूर्तिका लागि आफैँ लड्न सुझाव दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077