Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुपाल्चोक कांग्रेसमा ‘अन्तर्घात’ विवाद, बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस

सिन्धुपाल्चोक कांग्रेसमा ‘अन्तर्घात’ विवाद, बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस

बुधवार , चैत्र १८, २०८२

सिन्धुपाल्चोक । नेपाली कांग्रेसभित्रै चुनावी ‘अन्तर्घात’ को आरोपले नयाँ विवाद चर्किएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसहित ११ जना नेताविरुद्ध कारबाहीको सिफारिस गरिएको छ।

जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का उम्मेदवार जंगबहादुर लामाले केन्द्रीय अनुशासन आयोगमा औपचारिक रूपमा सिफारिस पठाइएको जानकारी दिएका छन् ।

कारबाही सिफारिसमा परेकामध्ये पूर्व केन्द्रीय सदस्य बस्नेतसँगै बाह्रबिसे नगरपालिकाका मेयर तथा क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, बागमती प्रदेशसभा सदस्य मसिना खड्का भण्डारी र सुनकोशी गाउँपालिकाका पूर्व अध्यक्ष श्रवणकुमार जिसी रहेका छन्।

यसैगरी अन्य नेताहरू रामकुमार थापा, निमा जाङ्बो शेर्पा, सुवास तिमिल्सिना, लालाकाजी तामाङ, जेठा लामा (जोगलाल) र रवि थिङसमेत सिफारिसमा परेका छन्।

जिल्ला कार्यसमितिका अनुसार क्षेत्र नम्बर १ मा निर्वाचनका क्रममा पार्टी उम्मेदवारविरुद्ध काम गर्ने, असहयोग गर्ने र मत विभाजन गराउने गतिविधिमा संलग्न रहेको आरोप उनीहरूमाथि लागेको छ। अब केन्द्रीय अनुशासन आयोगले छानबिनपछि कारबाही प्रक्रिया अघि बढाउनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077