Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् एमाले बैठकका ६ निर्णय [पूर्णपाठ]

यी हुन् एमाले बैठकका ६ निर्णय [पूर्णपाठ]

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । नेकपा एमालेको आकस्मिक सचिवालय बैठकले समसामयिक राजनीतिक विषयमा केन्द्रित हुँदै ६ वटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।

च्यासलमा बसेको बैठकले संसदीय दलको नेता चयन प्रक्रियाबारे उठेका आलोचनाप्रति स्पष्टिकरण दिँदै उक्त प्रक्रियामा पार्टीको कुनै हस्तक्षेप नरहेको जनाएको छ ।

बैठकले उपाध्यक्ष राम बहादुर थापा (बादल) ले संसद्मा दिएको विवादास्पद अभिव्यक्ति सच्याउने निर्णय पनि गरेको छ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचनमार्फत अभिव्यक्त जनमतलाई सम्मान गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई बधाई तथा निर्वाचनमा सहभागी सम्पूर्ण पक्षप्रति धन्यवाद व्यक्त गरिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

बैठकले पछिल्लो समय एमाले कार्यकर्ता तथा शुभेच्छुकहरू, विशेषगरी महिलामाथि भइरहेको साइबर आक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराउँदै त्यसको प्रतिवाद गर्न र कानुनी उपचार खोज्न पार्टीपङ्क्तिलाई आह्वान गरेको छ। साथै, यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ।

त्यसैगरी, विद्यार्थी संगठनहरू खारेज तथा प्रतिबन्ध गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरिएको छ। सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा रोक लगाउने निर्णयले प्रेस स्वतन्त्रता कमजोर हुने भन्दै एमालेले उक्त कदमप्रति आपत्ति जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077