Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज राति इरानको सभ्यता नै समाप्त हुनसक्ने ट्रम्पको चेतावनी

आज राति इरानको सभ्यता नै समाप्त हुनसक्ने ट्रम्पको चेतावनी

मंगलवार , चैत्र २४, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति अत्यन्तै कडा र विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले आज राति नै इरानको “पूरै सभ्यता समाप्त हुन सक्ने” चेतावनी दिएका हुन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने, 'आज राति पुरै सभ्यता समाप्त हुनेछ, जसलाई फेरि कहिल्यै फर्काएरल्याउन सकिने छैन।'

उनले यस्तो अवस्था आफू नचाहेको भए पनि परिस्थितिले त्यता धकेल्न सक्ने संकेत गरेका छन्।

उनले इरानमा सत्ता परिवर्तन भइसकेको दाबी गर्दै अब “अझ समझदार र कम कट्टर सोच भएका मानिसहरू” नेतृत्वमा आएको उल्लेख गरेका छन्।

ट्रम्पका अनुसार, यसले भविष्यमा “अझ क्रान्तिकारी र सकारात्मक परिवर्तन” पनि ल्याउन सक्ने सम्भावना रहेको छ।

ट्रम्पले आजको दिनलाई विश्व इतिहासकै “सबैभन्दा महत्वपूर्ण मोड” को रूपमा चित्रण गर्दै इरानमा दशकौँदेखि जारी अन्याय, भ्रष्टाचार र हिंसाको अन्त्य हुने दाबी गरेका छन्। '४७ वर्षको ज्यादति, भ्रष्टाचार मृत्युको सिलसिला अन्ततः समाप्त हुनेछ,' उनले लेखेका छन्।

अन्त्यमा उनले इरानी जनताको सुरक्षाको कामना गर्दै भनेका छन्, 'ईश्वरले इरानका जनताको रक्षा गरुन्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077