Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अमेरिकाले गर्‍यो इरानको खार्ग टापुका सैन्य ठेगानामा आक्रमण

अमेरिकाले गर्‍यो इरानको खार्ग टापुका सैन्य ठेगानामा आक्रमण

मंगलवार , चैत्र २४, २०८२

एजेन्सी । मध्यपूर्वमा तनाव चुलिँदै जाँदा अमेरिकाले इरानको खार्ग टापुस्थित सैन्य ठेगानामाथि पुनः आक्रमण गरेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार रातिको समयमा गरिएको यस प्रहारमा इरानको रणनीतिक सैन्य संरचनालाई मात्र लक्षित गरिएको हो, तेल पूर्वाधारलाई भने जोगाइएको छ ।

अमेरिकी समाचार संस्था सीबीएस न्युजसँगको कुराकानीमा एक उच्च अधिकारीले खार्ग टापुका सैन्य अखडाहरूमा मात्रै आक्रमण गरिएको पुष्टि गरेका छन्।

खार्ग टापु इरानको प्रमुख आयल टर्मिनल रहेको क्षेत्र हो, जसलाई देशको अर्थतन्त्रको ‘जीवनरेखा’ मानिन्छ।

हंगेरीको बुडापेस्टमा रहेका अमेरिकी नेता जेडी भान्सले उक्त आक्रमणबारे आफू जानकार रहेको जनाउँदै यो कदम डोनाल्ड ट्रम्प को रणनीतिक योजनाकै निरन्तरता भएको बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077