Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

२४ घण्टाभित्र सम्झौता नभए शक्तिशाली बम प्रयोग गर्ने इरानलाई ट्रम्पको धम्की

२४ घण्टाभित्र सम्झौता नभए शक्तिशाली बम प्रयोग गर्ने इरानलाई ट्रम्पको धम्की

शनिवार , चैत्र २८, २०८२

एजेन्सी । पाकिस्तानमा वार्ता प्रक्रिया अगाडि बढिरहँदा डोनाल्ड ट्रम्पले इरान लाई पुनः कडा चेतावनी दिएका छन् ।

यसअघि ‘सभ्यता विनाश’ को धम्की दिएका ट्रम्पले यसपटक सम्झौता नभए शक्तिशाली बम प्रयोग गर्ने चेतावनी दिएका हुन् ।

न्युयोर्क पोस्टसँग टेलिफोन संवाद गर्दै ट्रम्पले २४ घण्टाभित्र सहमति चाहिएको स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, 'यदि इरान सहमतिमा आएन भने, हामीसँग अत्याधुनिक विमान र शक्तिशाली हतियार तयार छन्। आवश्यक परे त्यसको प्रयोग गरी इरानलाई पूर्ण रूपमा ध्वस्त पार्नेछौँ।'

ट्रम्पले इरानसँग सम्झौताबाहेक अन्य विकल्प नरहेको दाबी गरेका छन्। सामाजिक सञ्जाल ट्रुथमार्फत उनले लेखेका छन्, 'इरानीहरूसँग अब कुनै विकल्प छैन। उनीहरू जीवित रहनकै लागि सम्झौता गर्नुपर्नेछ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077