Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अमेरिकी उपराष्ट्रपति पाकिस्तानबाट स्वदेश प्रस्थान

अमेरिकी उपराष्ट्रपति पाकिस्तानबाट स्वदेश प्रस्थान

आइतवार , चैत्र २९, २०८२

एजेन्सी । इस्लामाबादमा इरानसँग भएको ऐतिहासिक शान्ति वार्ता बिना निष्कर्ष टुंगिएसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानबाट स्वदेश फर्किएका छन् ।

२१ घण्टासम्म चलेको सघन छलफलमा कुनै सहमति नजुटेपछि भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल वासिङ्टन डीसीतर्फ प्रस्थान गरेको हो । इस्लामाबाद विमानस्थलमा ‘एयर फोर्स २’ चढ्नुअघि भान्सले हात हल्लाउँदै बिदाइ लिएको दृश्य सार्वजनिक भएको छ।

वार्ताका क्रममा इरानले अमेरिकी ‘रेड लाइन’ तथा प्रमुख सर्तहरू स्वीकार नगरेपछि अमेरिका ले आफ्नो ‘अन्तिम प्रस्ताव’ प्रस्तुत गर्दै वार्ता स्थल छाडेको हो।

अब उक्त प्रस्तावप्रति इरानको प्रतिक्रिया कस्तो आउँछ भन्नेमा अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार वार्ता असफल भए पनि कूटनीतिक ढोका पूर्ण रूपमा बन्द नभएको संकेत देखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077