Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

होर्मुजमा ‘नाकाबन्दी’ गर्ने अमेरिकाको घोषणा

होर्मुजमा ‘नाकाबन्दी’ गर्ने अमेरिकाको घोषणा

सोमवार , चैत्र ३०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरान तनावलाई नयाँ र अत्यन्तै संवेदनशील मोडमा पुर्‍याउँदै विश्वकै महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज मा नाकाबन्दी गर्ने घोषणा गरेका छन्।

इस्लामाबादमा भएको इरान–अमेरिका शान्ति वार्ता निष्कर्षविहीन रूपमा टुंगिएपछि ट्रम्पले तत्काल लागू हुने गरी अमेरिकी नौसेनालाई सक्रिय पार्ने निर्णय सार्वजनिक गरेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डोनाल्ड ट्रम्प ले भने, 'अब स्ट्रेट अफ होर्मुज बाट आवतजावत गर्ने हरेक जहाजलाई अमेरिकी सेनाले रोकेर विस्तृत जाँच गर्नेछ। यो कदम तत्काल लागू हुनेछ।'

उनका अनुसार, विशेषगरी इरानलाई ‘टोल ट्याक्स’ बुझाएर मार्ग प्रयोग गर्ने जहाजहरू कडा निगरानीमा रहनेछन्। 'इरानलाई गैरकानुनी रूपमा सहयोग गर्ने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन,' उनले चेतावनी दिए।

ट्रम्पले यो कदमको मुख्य उद्देश्य इरानको आर्थिक संरचनामाथि दबाब सिर्जना गर्नु रहेको स्पष्ट पारेका छन्। साथै, आवश्यक परेमा अमेरिका निर्णायक कारबाहीका लागि तयार रहेको संकेतसमेत दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077