Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मोदी र ट्रम्पबीच फोन वार्ता, होर्मुज स्ट्रेटबारे छलफल

मोदी र ट्रम्पबीच फोन वार्ता, होर्मुज स्ट्रेटबारे छलफल

बुधवार , बैशाख २, २०८३

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार टेलिफोन वार्ता भएको छ ।

जसमा द्विपक्षीय सम्बन्धदेखि मध्यपूर्वको संवेदनशील सुरक्षा अवस्थासम्मका विषयमा छलफल भएको छ।

मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै ट्रम्पसँगको कुराकानीमा दुई देशबीचको सहकार्यको समीक्षा गरिएको बताएका छन्।

'हामीले विभिन्न क्षेत्रमा भएको उल्लेखनीय प्रगतिको समीक्षा गर्‍यौँ र हाम्रो व्यापक विश्वव्यापी रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनायौँ,' उनले उल्लेख गरेका छन्।

वार्ताका क्रममा पश्चिम एसियाको विकसित घटनाक्रमबारे पनि गम्भीर छलफल भएको थियो। विशेषगरी होर्मुज जलडमरूमध्य लाई खुला र सुरक्षित राख्नुपर्ने आवश्यकतामा दुवै नेताले जोड दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077