Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानलाई अमेरिकाको चेतावनी: बुधबारसम्म शान्ति सम्झौता नभए सैन्य कारबाही पुनः सुरु हुन्छ

इरानलाई अमेरिकाको चेतावनी: बुधबारसम्म शान्ति सम्झौता नभए सैन्य कारबाही पुनः सुरु हुन्छ

शनिवार , बैशाख ५, २०८३

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम सम्झौता आउँदो बुधबारसम्म नभए सैन्य कारबाही पुनः सुरु हुने चेतावनी दिएका छन् ।

एरिजोनाबाट वासिङटन फर्कने क्रममा एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले इरानले शत्रुतापूर्ण गतिविधि अन्त्य गर्न सहमत नभए युद्धविराम निरन्तर नहुने बताएका हुन् ।

अमेरिका र इजराइलले फेब्रुअरी २८ मा इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो। खामेनी मारिएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट पछिल्लो पटक मध्यपूर्वका देशहरुमा साउदी, कुवेत, बहराईन, कतार, दुबई, सारजाहा, ओमान, इराकमा रहेको अमेरिकी सैनिक अखडाहरुमा लगातार मिसाइल आक्रमण गरेर प्रतिरक्षा प्रणाली ध्वस्त पारिसकेको छ ।

विश्वका सबैभन्दा महत्वपूर्ण तेल परिवहन मार्गहरूमध्ये एक मानिने दक्षिण इरानको तटछेउ अवस्थितमा स्ट्रेट अफ होर्मुजबाट हुने विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति इरानले ठप्प गरेपछि विश्वव्यापी चिन्तन बढेको थियो ।

त्यसपछि गत साता ट्रम्पले इरानप्रति अत्यन्तै कडा र विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले आज राति नै इरानको “पूरै सभ्यता समाप्त हुन सक्ने” चेतावनी दिएका थिए ।

त्यसपछि पाकिस्तानका प्रधानमन्त्री सहबाज र सेना प्रमुख असिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको थियो ।

तर युद्धविराम सम्झौतापछि पनि इजरायलले लेबननमा हमला जारी राखेपछि इरान रिसाएको थियो। यस विषयमा वार्तामा बस्नुअघि नै अमेरिका र इरानबिच मतभेद भइरहेको थियो। 

मध्यस्थकर्ता पाकिस्तानले २४ घण्टासम्म दुई देशबिचको संवादलाई सहज बनाउन भूमिका खेलेको थियो। वार्तामा प्रतिबन्ध हटाउने, कोषमा पहुँच र क्षेत्रीय द्वन्द्व अन्त्य गर्ने विषयमा प्रस्तावहरू आदानप्रदान भएका थिए। 

वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व जेडी भान्स र इरानी टोलीको नेतृत्व संसदका सभामुख मोहम्मद बागेर गालिबाफले गरेका थिए। 

पाकिस्तानको मध्यस्थतामा भएको अमेरिका र इरानबीचको त्रिपक्षीय ‘इस्लामाबाद वार्ता’ कुनै ठोस सम्झौता बिना नै टुङ्गिएको थियो ।

यसैबीच, तनावका बीच कूटनीतिक प्रयास भने जारी छन् । सोमबार पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच वार्ताको अर्को चरण हुने सम्भावना छ । दुवै देशका प्रतिनिधि आइतबार नै त्यहाँ पुग्ने जनाइएको छ ।

यदी ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने बताएका छन् । 

तेहरान र वासिङ्टनबीच यस अघि भएको युद्ध विराम बुधवार समाप्त हुने भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077