Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

युद्धविरामको समय थप गर्ने डोनाल्ड ट्रम्पको घोषणा

युद्धविरामको समय थप गर्ने डोनाल्ड ट्रम्पको घोषणा

बुधवार , बैशाख ९, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने भनिएको सम्भावित सैन्य हमला स्थगित गर्दै युद्धविराम लम्ब्याउने निर्णय गरेका छन्। 

उनले पाकिस्तानका सेना प्रमुख आसिम मुनीर र प्रधानमन्त्री शहबाज शरीफको अनुरोधमा इरानले संयुक्त योजना प्रस्तुत गर्न सकोस् भनेर यो कदम चालिएको बताए ।

ट्रम्पले आफ्नो वक्तव्यमा इरानी सरकार हाल गहिरो रूपमा विभाजित रहेको दाबी गर्दै इरानका नेताहरूलाई समाधान तयार गर्ने मौका दिन आक्रमण रोकेको उल्लेख गरेका छन्। तर उनले अमेरिकी सेनालाई इरानमाथिको नाकाबन्दी जारी राख्न र कुनै पनि परिस्थितिको लागि तयार रहन निर्देशन समेत दिए। यसको अर्थ सैन्य दबाब जारी रहने भए पनि तत्काल प्रत्यक्ष कारबाही भने हुने छैन।

‘ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार र सक्षम रहन निर्देशन दिएको छु, र त्यसैले उनीहरूको प्रस्ताव पेश नभएसम्म र छलफलहरू कुनै न कुनै रूपमा सम्पन्न नभएसम्म युद्धविरामलाई विस्तार गर्नेछु।’

पाकिस्तानका प्रधानमन्त्री शरीफले युद्धविराम बढाउने निर्णयका लागि ट्रम्पलाई धन्यवाद दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077