Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेको प्रमुख सचेतकमा ऐन महर

एमालेको प्रमुख सचेतकमा ऐन महर

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन् ।

संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

'नेकपा एमाले संघीय संसदीय दलको विधान २०७७ बमोजिम तपाईंलाई २०८३ वैशाख ११ गतेदेखि लागू हुने गरी संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको प्रमुख सचेतकको रूपमा काम गर्ने गरी मनोनयन गरेको छु,' दल नेता बादलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

महरले पनि जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारिताका साथ जिम्मेवारी बहन गर्ने बताएका छन् ।

यस्तै निशा घतानीलाई सचेतकको जिम्मेवारी दिइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077