Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा चल्यो गोली, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा चल्यो गोली, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

आइतवार , बैशाख १३, २०८३

एजेन्सी । वासिङ्टन डीसीस्थित वासिङ्टन हिल्टन बलरूममा आयोजित प्रतिष्ठित ह्वाइट हाउस संवाददाताहरूको रात्रिभोज कार्यक्रममा अचानक गोली चलेको आवाजसँगै आतंकित बनेको छ ।

शनिबार राति भएको उक्त कार्यक्रममा उपस्थितहरूबीच भागदौड मच्चिएको थियो । प्रत्यक्षदर्शी भिडियोहरूमा सहभागीहरू टेबलमुनि लुकेको र हलभरि त्रास फैलिएको देखिन्छ ।

गोली चलेको आवाज आएपछि गोप्य सेवा (सेक्रेट सर्भिस) का एजेन्टहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई तुरुन्तै त्यहाँबाट बाहिर निकालेका हुन् ।

फक्स न्यूजका जोन रोबर्ट्सले बलरूमबाट गोली चलाइएको र संदिग्ध बन्दुकधारीमाथि गोप्य सेवाले गोली चलाएको सुनेको बताए।

यस्तै, फक्स न्यूजका प्रस्तोता ब्रेट बायरले पनि आफूले गोली चलेको सुनेको तर ती गोली बलरूम भित्रबाट आएको जस्तो नदेखिएको उल्लेख गरे।

ह्वाइट हाउसका अधिकारीहरूले राष्ट्रपति ट्रम्प, प्रथम महिला र क्यारोलिन लेभिट सुरक्षित रहेको जानकारी दिएका छन् । ट्रम्पलाई सुरक्षाकर्मीले कोठाबाट बाहिर निकाल्दै गर्दा राइफल बोकेका सुरक्षाकर्मीहरू मञ्चमा देखा परेका थिए।

सोही कार्यक्रममा सहभागी उपराष्ट्रपति जेडी भान्स र मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई पनि सुरक्षाकर्मीले हतार हतार बाहिर निकालेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077