एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग बढ्दो तनावका बीच सम्झौतामा सहमत नभए सैन्य कारबाही अझ तीव्र बनाइने चेतावनी दिएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत प्रतिक्रिया जनाउँदै अमेरिका–इरान सम्बन्ध निर्णायक मोडमा पुगेको संकेत गरेका हुन् । उनले कूटनीतिक सहमतिमार्फत युद्ध र नाकाबन्दी अन्त्य गर्न सकिने बताए पनि इरानले प्रस्ताव अस्वीकार गरे परिणाम गम्भीर हुने चेतावनी दिए।
'यदि सम्झौता भएन भने बमबारी पहिलेभन्दा धेरै ठूलो र तीव्र हुनेछ,' ट्रम्पले लेखेका छन्।
उनका अनुसार इरानले प्रस्तावित सहमतिमा सहमति जनाएमा ‘अपरेशन एपिक फ्युरी’ अन्त्य हुने सम्भावना छ।
यसैबीच, ह्वाइट हाउस स्रोतलाई उद्धृत गर्दै सार्वजनिक एक रिपोर्टले अमेरिका र इरानबीच ‘मेमोरन्डम अफ अन्डरस्ट्यान्डिङ’ मार्फत युद्ध अन्त्य गर्ने समझदारी नजिक पुगेको संकेत गरेको छ।