Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ट्यांकर मुख्य साँचो प्रकरणमा डिपो प्रमुखमाथि छानबिन शुरू

    ट्यांकर मुख्य साँचो प्रकरणमा डिपो प्रमुखमाथि छानबिन शुरू

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 1.6K
    SHARES

    काठमाडाैं । हवाई इन्धन ढुवानी गर्ने ट्यांकरको मुख्य साँचो (मास्टर की) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ ।

    श्रेष्ठ सिनामंगलस्थित डिपो प्रमुख रहँदा माघ १९ गते साँचो हराएको थियो ।



    साँचो राख्ने दराजको पासवर्ड डिपो प्रमुखसँग मात्रै हुन्छ । चार सय मुख्य साँचो गायब गरेका श्रेष्ठलाई निगमको केन्द्रीय कार्यालयमा ल्याई निगरानीमा राखेर अनुसन्धान थालिएको नेपाल आयल निगमले जनाएको छ ।



    ढुवानीको क्रममा हुने चोरी तथा चुहावट नियन्त्रणका लागि निगमले २०७४ चैत १ गतेदेखि एकल ताला प्रणाली लागू गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार