Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एनटीएद्धारा करिब २०० परिवारलाई राहात वितरण

    एनटीएद्धारा करिब २०० परिवारलाई राहात वितरण

    कुमार भण्डारी
  • मंगलबार, २३ बैशाख २०७७
  • 5.1K
    SHARES

    काठमाडौं । चीनको वुहानबाट महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्नका लागि भन्दै सरकारले चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ ।

    यही लकडाउनका कारण समस्यामा परेका करिव २ सय परिवारलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)ले राहत वितरण गरेको छ ।



    एनटीएका अध्यक्ष अशोक खड्काका अनुसार कागेश्वोरी मनोहरा नगरपालिकाको वडा नम्बर १ देखि ९, ललितपुर उपमहानगरपालिकाको बिभिन्न वडा, गोदावरि नगरपालिका, गोकर्णेश्वोर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका लगायतमा गरि करिब २०० परिवारलाई राहत वितरण गरिएको हाे ।



    एनटीएका अध्यक्ष एवम् तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काले अनलाइन नेपालसँग कुरा गर्दै भने–‘हामीले विशेष गरि दैनिक ज्यालादारी गरेर खाने, शारिरिक अपांगता भएका, बृद्द बृद्दा, सुत्केरी एवम् सडकमा अलपत्र भएकाहरुलाई राहात बितरण गरेका छौं । त्यसभित्र मृगौला पिडित २ जना महिलालाई पनि क्रमशः ५ र ३ हजार रुपैयाँ प्रदान गरियो ।’

    खड्का अनुसार राहतमा अत्यावश्यक पर्ने खाद्यान्न (चामल, दाल, नुन, तेल, गेडागुडी, चिनीलगायत) वितरण गरिएको हो । त्यसैगरी एकेडेमीले थली प्रहरी प्रभाग, मुलपानी प्रहरी प्रभाग, कागेश्वोरी मनोहरा नगर प्रहरि, कागेश्वोरी मनोहरा नगपालिकाको १ र २ नम्बरको हेल्थ पोष्ट, एम्बुलेन्स, सुरक्षाका लागि सडकमा खटिएका सुरक्षा कर्मीहरुलाइ कोरोनासँग लड्ने स्वास्थ सामाग्री मास्क, ग्लोब्स, स्यानिटाइजर र पिपिइसेट प्रदान गरिएको पनि अध्यक्ष खड्काले बताए ।

    त्यतिमात्र होइन, एकेडेमीले मुलपानी बाल आश्रम , सुन्दरिजल चेपाङ बाल गृह , र गागलफेदीमा रहेको बृद्दा आश्रममा पनि खाद्यान्न सहयोग गरेको छ।

    एकेडेमीले चाहि कसरी राहत वितरण गरिरहेको छ त ? भन्ने प्रश्नमा अध्यक्ष खड्काले भने–‘एकेडेमीलाई देश तथा विदेशमा बस्ने विभिन्न ब्यक्तिहरुबाट सहयोग प्राप्त भएको छ । त्यसमा आफूले पनि सकेको थप गरी राहत बाँडिरहका छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार