Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बागमती प्रदेशको निर्णय : विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख राहत

    बागमती प्रदेशको निर्णय : विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख राहत

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.5K
    SHARES

    हेटौंडा । बागमती प्रदेशले प्रदेशभित्र बाढी पहिरोलगायतका विपदमा ज्यान गुमाएकाहरुको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

    वागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको आइतबार बसेको बैठकले विभिन्न जिल्लाहरुमा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।



    अविरल बर्षाका पछिको बाढी पहिरोमा परी बागमतीमा ज्यान गुमाउने अहिलेसम्मका २५ जनाको परिवारलाई राहत रकम तुरुन्तै उपलब्ध गराउने भएको प्रवक्ता ढुंगेलले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार