Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी युकेद्वारा राहत वितरण

    रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटी युकेद्वारा राहत वितरण

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले बागलुङको गलकोट–३ मा ५० घर बिपन्न परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ ।

    कोरोनाको कारण श्रमजीवी समुदायमा पैदा भैरहेको खाद्य संकट समाधान गर्न सस्थाले राहत स्वरुप प्रतिघर एक बोरा चामल, पाँच किलो दाल, दुई लिटर तेल र दुई पोका आयो नुन उपलब्ध गरिएको अध्यक्ष शर्मिला हिराचन थकालीले बताइन ।



    जुम मार्फत लाइभ गरिएको उक्त कार्यक्रम सस्थाका उपाध्यक्ष तथा एनआरएनए युकेका सचीव जीत रानाभाटले सन्चालन गरेका थिए।



    सस्थाका छयालीस भन्दा बढी सदस्यहरुको आर्थिक सहयोगमा आधारित उक्त राहत बितरण कार्यक्रमका प्रमुख अतिथि पूर्ब शिक्षा मन्त्री तथा रास्ट्रियसभाका नेकपा संसदिय दलका नेता माननीय दिनानाथ शर्माले कोरोनाको महामारी बिरुद्धको लडाइँमा स्वदेश र बिदेशमा रहनुहुने नेपाली नागरिकहरुको संगठित एकता, संयमता र सहकार्य आवस्यक रहेको बताए ।

    बिषम परिस्थितिमा राहत प्रदान गरेर संस्थाले मानबिय काम गरेको पनि उनले बताए । कोभीड–१९ बाट बिचलित नभई बेलायतमा रहेर पनि आफ्नो मातृभुमी र नागरिकप्रति उतरदायी हुने सहयोगी हातहरुप्रती शर्माले प्रसंसा गरेका थिए ।

    राहत बितरणको संयोजन गरेका नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष तथा एनआरएनए युकेका सदस्य धनबहादुर सार्कीले संघ संस्था हरुको सहकार्यले आफूलाई थप उत्साह जागेको बताए ।

    त्यसैगरी सस्थाका महासचिव मन्जु भणडारीले संकटको बेला आफ्नो मातृभुमी प्रति समर्पित हुनु असल नागरिकको कर्तब्य भएको बताइन ।

    स्थानिय रुपमा गलकोट नगरपालिकाकी उपमेयर रेनुका काउचा, वडा अध्यक्ष बिरजङ भणडारी, नेकपा प्रतिनिधि चित्र सहानी, फमबहादुर खत्री, जनमोर्चा प्रतिनिधि पदम श्रेष्ठ, वडा सदस्य तुलसी परियार, युवा अभियान्ता अनिल नेपालीलगायतले राहत हस्तान्तरणमा सहजीकरण गरेका थिए ।

    बेलायतबाट जुम मार्फत सहभागी भएका समाजसेबीहरु मध्ये सस्थाका भाषा तथा सस्कृती बिभाग संरक्षक एवं पुर्ब अध्यक्ष हरि गोबिन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, सस्थाका उपाध्यक्ष तथा आइसिसी सदस्य लिलादेबी गुरुङ, सोसाईटी अफ नेप्लिज हाइली स्किल प्रोफेसनलका पूर्ब अध्यक्ष तथा एनआरएनए युके बिजनेस बिभागका सचीव पुन्यप्रसाद रेग्मी, सल्लाहकार श्याम सेरचन, आलन पानडे, ह्यारी गुरुङ, कानुनी सल्लाहकार दिपक भट्टराईलगायतले मन्तव्य राखेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार