Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • काम गर्न नपाएपछि आत्महत्या प्रयास

    काम गर्न नपाएपछि आत्महत्या प्रयास

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    मकवानपु । हेटौंडा-४ का १ मजदुरले यसै साता आत्महत्या प्रयास गरे । छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए । लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैसे पुरुषले आत्महत्या प्रयास गरेका थिए ।

    ‘मजदुरी गरेर जीविका चलाउँदै आएका उनले आफ्ना ससाना चार छोराछोरीलाई यो खाऊ भन्ने चीज केही दिन नसकेपछि आफू मर्ने निधो गरेका रहेछन्’, स्थानीय मिलन श्रेष्ठ भन्छन् ।



    लकडाउनका कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ । संक्रमण फैलन नदिन सरकारले लकडाउन जारी राखेका बेला यस्ता विपन्न परिवारलाई सरकारले स्थानीय तहमार्फत राहत दिने निर्णय गरे पनि कतिपय ठाउँमा सेवा पुग्न नसक्दा उनीहरू मारमा छन् । राहतमा प्राप्त खाद्यान्न सकिँदा पनि लकडाउन नखुलेपछि कतिपय भोकभोकै मर्ने अवस्थामा पुगेका छन् ।



    मकवानपुरमा मात्र संगठित र असंगठित गरी करिब १५ हजार मजदुर रहेको मजदुर सम्बद्ध संगठनहरूको अनुमान छ । ‘नेकपा, नेपाली कांग्रेस र अन्य राजनीतिक दलसम्बद्ध १० हजार मजदुर र बाँकी ५ हजार असंगठित मजदुर लकडाउनका कारण घरमै बस्न बाध्य छन्’, एकीकृत ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष गंगा भट्टराई भन्छन्, ‘सरकारले दिएको राहत पनि सबैले पाएका छैनन् । दैनिक बिहान-बेलुका काम गरेर खानुपर्ने मजदुरले सबैभन्दा बढी बाँच्नका लागि संघर्ष गरिरहनुपरेको छ ।’  आजको अन्नपूर्ण पोष्टबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार