Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • क्वारेन्टिनमा रहेका पुरुषले गरे रुखमा झुण्डिएर आत्महत्या

    क्वारेन्टिनमा रहेका पुरुषले गरे रुखमा झुण्डिएर आत्महत्या

    अनलाइन नेपाल
  • बुधबार, ३ असार २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका अर्घाखाँचीका एक पुरुषले आत्महत्या गरेका छन् ।

    अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् ।



    विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि रातको समयमा उनले विद्यालय नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेको वडा अध्यक्ष कमल पौडेलले बताए ।



    २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

    तर, अहिलेसम्म पनि पीसीआर रिपोर्ट आएको छैन । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टाइनमा २५ जना रहेका छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार