Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • देवर र भाउजूद्धारा एउटै रुखमा झुण्डिएर आत्महत्या

    देवर र भाउजूद्धारा एउटै रुखमा झुण्डिएर आत्महत्या

    अनलाइन नेपाल
  • शनिबार, ६ असार २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । इलामको एक गाउँका देवर र भाउजूले एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।

    माङसेबुङ गाउँपालिका ६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकी २६ वर्षीया भाउजू गीता राई झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।



    शुक्रबार बिहानै हिँडेका उनीहरु राति अबेरसम्म नफर्केपछि परिवारले खोजी गर्दा घरभन्दा करिब ७ सय मिटर पर दारको रूखमा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।



    उनीहरुले किन र कसरी आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मंगलबारको टोली घटनास्थल पुगेको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनपछि नेपालमा आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ ।

    २०७६ चैत ११ गतेबाट शुरु भएको लकडाउन अहिले पनि जारी छ । तर, अहिले लकडाउनको मोडालिटी भने परिवर्तत गरिएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार जेठ १५ सम्म आत्महत्या गर्नेको संख्या ११ सय नाघिसकेको छ ।

    लकडाउन सुरु भएको ११ चैतदेखि १७ जेठसम्मको अवधिमा १ हजार १०५जनाले आत्महत्या गरेको तथ्यांक छ ।

    प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउनको सुरुवाती १६ दिनमा आत्महत्या दर दैनिक १६ जना थियो भने त्यसपछिका ४५ दिनमा दैनिक औसत १७ जनाले आत्महत्या गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार