Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नेताहरूलाई महामारीबारे राजनीतिकरण नगर्न डब्लुएचओको चेतावनी

    नेताहरूलाई महामारीबारे राजनीतिकरण नगर्न डब्लुएचओको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, ८ असार २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेबे्रयोसुसले कोरोनाको महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन् ।

    टेड्रोसले भने–‘विश्व नेताहरुले कोरोना भाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ ।’



    उनले अझै पनि कोरोना भाइरसको संक्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको पनि उल्लेख गरेका छन् ।



    उनको यो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको बताइएको छ। उनले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी पनि गरे ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरी कोरोना भाइरसको महामारी शुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार