Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भारतले चौतर्फी घेराबन्दी गर्‍यो, स्वीकार्न सकिँदैन : प्रधानमन्त्री ओली

    भारतले चौतर्फी घेराबन्दी गर्‍यो, स्वीकार्न सकिँदैन : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई घेराबन्दी गर्न खोजिएको विषय स्वीकार्न नसकिने प्रष्टोक्ति दिएका छन् ।

    नेकपामा पछिल्लो समय देखिएको विवादलाई लिएर बिहिबार साँझ सरकारी निवास बालुवाटारमा युवा, विद्यार्थीसँग छलफल गर्दै ‘हुँदै नभएको कुरा उछालेर सरकारलाई घेराबन्दी गर्न खोज्‍ने कुरा मान्‍न सकिँदैन, त्यो कुरा स्वीकार्न सकिँदैन।’ प्रधानमन्त्री ओलीले भनेका भेटघाटमा सहभागी एक विद्यार्थी नेताले जानकारी दिए ।



    युवा–विद्यार्थीका नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी गरेपछि भारतले चौतर्फी घेराबन्दी गरेको बताए।



    उनले नयाँ नक्सा र नागरिकता विधेयकसँगै भारत आक्रमक रुपमा आफू नेतृत्वको सरकारविरुद्ध प्रस्तुत भएको बताएका थिए। ओलीले यसअघिको नाकाबन्दीका बेलामा पनि भारत यति सारो आक्रमक नभएको बताएका थिए।

    उनले यो पटक भारतले मिडियालाई समेत लगाएर आक्रमण गरिरहेको बताए। ती एक नेताका अनुसार प्रधानमन्त्री ओलीले यो पटक भारतले नेपालबिरुद्ध अति नै गरेको जिकिर गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार