Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • स्याङ्जाका जिल्ला प्रमुखसहित २२ प्रहरीमा कोरोना संक्रमण पुष्टि

    स्याङ्जाका जिल्ला प्रमुखसहित २२ प्रहरीमा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । स्याङ्जामा जिल्ला प्रमुखसहित २२ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एकैपटक उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ। यसअघि आइतबार प्रदेश–१ मा १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो।



    यसअघि ४ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जनामा कोरोना संक्रमण पुष्टि भएको प्रहरी अस्पतालले जनाएको छ। हालसम्म नेपाल प्रहरीमा एक सय ६० जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टी भएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार