Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

    अनलाइन नेपाल
  • शनिबार, १७ साउन २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ। संक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ३८ रहेको छ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार ४९२ पुगेको छ। डिस्चार्ज प्रतिशत ७२ दशमलव माथि भएको प्रवक्ता गौतमले जानकारी दिए। अहिले क्वारेन्टाइनमा ११ हजार पाँच सय ३३ जना रहेका छन्।



    मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट र कैलाली हुन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ६ पुगेको छ । प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार