Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • वीरगञ्जमा मृत्यु भएका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

    वीरगञ्जमा मृत्यु भएका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २२ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । वीरगञ्जमा आज बिहान मृत्यु भएका ५६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका भएका वीरगञ्ज–१० आदर्शनगरका पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

    मधुमेह र मुटुरोगी उनी श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई साउन २२ गते साँझ नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।



    उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको र पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको गण्डक कोभिड अस्पालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार