Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कोरोनाको जोखिम बढेपछि सीसीएमसीद्वारा उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस

    कोरोनाको जोखिम बढेपछि सीसीएमसीद्वारा उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 4K
    SHARES

    फाइल तस्बिर

    , काठमाडौं । कोभिड-९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछी सीसीएमसीले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको हो ।

    सीसीएमसीको आईतवार बसेको बैठकले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।



    सीसीएमसीले कोरोना संक्रमण समुदायस्तरमा विस्तार हुने जोखिम बढेको भन्दै फुटपाथ, ठेलागाडा र साइकलमा भइरहेको तरकारी, फलफूल, खाद्यान्न लगायतका ब्यापार पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेको छ ।



    भारतबाट नेपालमा आउनेलाई थप कडाई गर्न सरकारलाई सिफासिर गर्ने, भदौं १ गतेबाट लामो दुरीको बस सेवा र हवाई यातायात पछि सार्नेबारे मन्त्रीपरिषदको बैठकबाट निर्णय भएकोले मन्त्रीपरिषदको बैठकबाटै पछि सार्न प्रस्ताव गर्नेबारे सीसीएमसीमा छलफल भएको छ ।

    बैठकमा कोरोनाको संक्रमणदर बढिरहेको हुँदा थप अस्पताल र ति अस्पतालहरुमा बेड थप गर्न स्वास्थ्य मन्त्रालयले प्रवन्ध गर्नेबारे छलफल भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार