Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    काठमाडौंका ३ सहित थप ७ जनाको मृत्यु, मृतकको संख्या १६४ पुग्यो

    काठमाडौंका ३ सहित थप ७ जनाको मृत्यु, मृतकको संख्या १६४ पुग्यो

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक महिला र ६ जना पुरुष गरी ७ जनाको ज्यान गएको जानकारी गराएका हुन् ।



    डा. गौतमका अनुसार मृत्यु हुनेहरुमा काठमाडौंकी ७१ वर्षिया महिला र ७४ र ६६ वर्षका पुरुष, सिराहाका २२ वर्षका पुरुष, पर्साका ६८ वर्षका पुरुष, धनुषाका ७६ वर्षका पुरुष, र रुपन्देहीका ५३ वर्षका पुरुष रहेका छन् ।



    योसँगै नेपालमा कोरोनाबाट मृत्युहुनेको संख्या १६४ पुगेको छ ।

    नेपालमा आज (मंगलबार) थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नेपालमा पछिल्लो २४ घण्टामा २७१ महिला र ५८४ पुरूष गरी थप ८५५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको डा. गौतमले जानकारी दिए ।

    उनका अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार