Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • रिया चक्रवर्ती सेप्टेम्बर २२ सम्म हिरासतमै रहने, जमानतमा छोड्न अस्वीकार

    रिया चक्रवर्ती सेप्टेम्बर २२ सम्म हिरासतमै रहने, जमानतमा छोड्न अस्वीकार

    अनलाइन नेपाल
  • शुक्रबार, २६ भाद्र २०७७
  • 3K
    SHARES

    एजेन्सी । भारतको विशेष अदालतले सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीलाई जमानतमा छाड्न अस्वीकार गरेको छ।

    शुक्रबार अदालतले नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)को हिरासतमा रहेकी चक्रवर्ती र उनका भाइ शोविकलाई जमानतमा छाड्न अस्वीकार गरेको हो । पक्षका वकिल सतिश मनिसिन्देले बिहीबार अदालतमा उनीहरूलाई धरौटी वा तारेखमा छुटाइ पाउँ भनेर निवेदन दिएका थिए ।



    उनीहरूले सुशान्तसिंह राजपुतलाई लागूऔषध दिएको आरोपमा एनसिबीले पक्राउ गरेको थियो । जमानत नदिएपछि अभिनेत्री रिया कम्तिमा सेप्टेम्बर २२ गते सम्मको लागि मुम्बइको बाइकुल्ला हिरासतमा बस्नेछिन् ।



    रियालाई तीन दिनको सोधपुछपछि एनसिबीले पक्राउ गरेको थियो । उनीसँगै सुशान्तका हाउस म्यानेजर स्याम्युअल मिरान्दा र कर्मचारी दिपेश शावन्त पनि पक्राउ परेका छन् । उनीहरूलाई पनि अदालतले जमानत दिन अस्विकार गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार