Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भीमफेदी दुर्घटनामा मृत्यु हुनेकाे संख्या ३ पुग्याे

    भीमफेदी दुर्घटनामा मृत्यु हुनेकाे संख्या ३ पुग्याे

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 3.2K
    SHARES

    फाइल : तस्बिर

    काठमाडाैं । हेटौंडा–कुलेखानी–काठमाण्डौं सडक मार्ग अन्तर्गत भीमफेदी गाउँपालिका ६ मा आइतबार दिउँसो यात्रुबाहक जीप (टाटा सुमो) दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ ।

    हेटौंडाबाट काठमाडौंका लागि छुटेकाे ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करीब १ सय मिटर तल खोल्सामा खस्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



    २ जनाको घटनास्थलमा नै र झापाको जोरपानी–७ की २५ वर्षीया देवीकुमारी गिरीको उपचार क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए। मृतक २ जना पुरुषको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए।



    घाइतेहरु रौतहटको रंगपुरका २९ वर्षीय सुजनकुमार काफ्लेको हेटौंडा अस्पताल र सुमो चालक भीमफेदी गाउँपालिका–४ का २९ वर्षीय विष्णु मगर, मकवानपुरगढी गाउँपालिका–४ का २७ वर्षीय सोमबहादुर गुरुङ र हेटौंडा–३, बसामाडीकी ३० वर्षीया शर्मिला थिङको चुरेहिल हस्पिटलमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार