Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए १ हजार ६३० काेराेना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १ हजार ६३० काेराेना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 1.9K
    SHARES

    काठमाडाैं । काठमाडौं उपत्यकामा थप १ हजार ६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पछिल्लाे २४ घण्टामा काठमाडाैंका ७०२ जना महिला र ९२८ जना पुरुषमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    मन्त्रालयका अनुसार हाल काठमाडौंमा १० हजार ७९७, भक्तपुरमा १ हजार ७१९ र ललितपुरमा २ हजार २५७ जना होम आइसोलेशनमा रहेका छन् ।



    काठमाडौंमा १६ हजार ११८, भक्तपुरमा १ हजार ३३ र ललितपुरमा २ हजार २८८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

    यस्तै नेपालमा आज थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७६ हजार ५०० पुगेको मन्त्रालयले जनाएको छ ।

    यसैबीच बितेको २४ घण्टामा ३ हजार १५० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार