Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एसएसपी थापाले यसरी बिफल पारे व्यापारी हत्या र करोडौं असुलीको योजना

    एसएसपी थापाले यसरी बिफल पारे व्यापारी हत्या र करोडौं असुलीको योजना

    अनलाइन नेपाल
  • बिहिबार, २७ कार्तिक २०७७
  • 14K
    SHARES

    काठमाडौं । कार्तिक १९ गते शुक्रबार एक कन्सलटेन्सीका सञ्चालक आफूलाई तीन करोड रकम माग गरेको र नदिए ज्यानमार्ने धम्की आएको भन्दै निकै हतास मोडमा महानगरीय अपराध महाशाखाको कार्यालय मिनभवन पुग्छन् ।

    बिप्लब समूहका कार्यकर्ताहरुले धम्की र मानासिक तनाब दिएर आजित भएपछि उनी  महाशाखामा निवेदन दर्ता गराएर घर फर्कन्छन् ।



    त्यसलगत्तै महाशाखाको कमाण्ड सम्हालिरहेका एसएसपी दिपक थापाले टोली परिचालन गर्छन् ।



    शनिबार महाशाखाबाट कन्सलटेन्सीका सञ्चालकसँग तीन करोड रकम असुल्न खोज्नेमाथिको अनुसन्धानका लागि टोली परिचालन हुन्छ ।

    घटनालाई सुक्ष्म रुपले केलाएका उनले हत्यासम्मको योजना थाहा पाएपछि निबेदकको सुरक्षाका लागि प्रहरी टोली नै खटाउँछन्।

    एसएसपी थापाले समयमै साबधानी अपनाएर प्रहरी टोली परिचालन गरेका कारण कुनै दुर्घटना हुन पाएन र अभियुक्तहरु प्रहरीको पन्जामा परेका छन्।

    सोमबार नै महाशाखाकाे टाेलीले काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गर्छ । पक्राउ पर्नेहरुमा ककनी गाउँपालिका–२, नुवाकोटका ३३ वर्षिय बिन्तोष सिलवाल (सुनार) भन्ने गणेश विक, सुनापती गाउँपालिका–३, रामेछापका ३१ वर्षिय रामदल श्रेष्ठ (अटल), तिमाल गाउँपालिका–५, काभ्रेका ५२ वर्षिय तिर्थमान तामाङ र भरतपुर महानगरपालिका–१३, चितवनका ४२ वर्षिय नन्दुराज आचार्य थिए ।

    यी चारै जनाले काठमाडौंमा एबिसी एजुकेशन एन्ड माइग्रेसन सेन्टर चलाउने सन्तोष अधिकारी र उनकी श्रीमतीलाई समेत पटक पटक धम्क्याउँदै आएका थिए ।

    पालैपालो अधिकारीकी श्रीमतीले काम गर्ने अस्पतालसम्म पुगेर उनीहरुले ‘छोरो सानै छ, टुहुरो होला’ भन्दै मार्ने धम्की दिंदै आएका थिए । धम्की दिएर रकम असुल्न खोज्ने चारै जना बयानपछि भने नयाँ रहस्य पत्ता लाग्यो ।

    जुन, प्रहरीले पनि कल्पना गर्न सकेको थिएन । यी चारै जनालाई अष्ट्रेलियामा बस्ने बाबु छोराले प्रयोग गरेको खुलेपछि प्रहरी नै अचम्मित पर्यो ।

    यस्तो छ घटनाक्रम

    काठमाडौंमा एबिसी एजुकेशन एन्ड माइग्रेसन सेन्टर चलाउने सन्तोष अधिकारी र अष्ट्रेलियाका पीआर होल्डर सचिन्द्र थापा कुनै बेला पार्टनरको रुपमा काम गर्थे । थापा हाइ बिलासिता र मोजमस्तीमा रमाउने व्यक्ति हुन।

    अधिकारीले नेपालबाट विद्यार्थी पठाउने काम गर्थे भने थापा नेपाली एजेन्ट बनेर अष्ट्रेलियाका विश्वविद्यालयहरुसँग रकम लिन्थे । त्यहि रकमको हिसाव किताब खोज्दा अधिकारीमाथि उनी जाइलागेका हुन् ।

    अधिकारीले आफूले काम गरे वापात अष्ट्रेलियन विश्वविद्यालयहरुसँग लिनु पर्ने रकम थापाले लिएपछि उनले आफ्नो रकमको लागि ताकेता गरे । तर, थापाले भने कमिसन वापतको त्यो रकम दिनुको साटो उल्टै तीन करोड असुल्न विप्लव समूहका भाडाका गुण्डाहरु प्रयोग गरे ।

    महाशाखाले पक्राउ गरेका चार जनामध्ये एक जना पेशाले वकिल हुन् भने बाँकी तीनै जना प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहसँग निकट छन् । बिन्तोष सिलवाल नुवाकोट पार्टी सेक्रेटरी, रामदल श्रेष्ठ (अटल) रामेछाप जिल्ला सेक्रेटरी र तिर्थमान तामाङ काभ्रे जिल्ला इन्चार्ज हुन् भने नन्दुराज आचार्य वकिल हुन् ।

    विन्तोष कहिले नुवाकोट डोजर जलाउने त कहिले धनकुटामा आगजनी गर्ने क्रियाकलापमा संलग्न रहेको पनि खुलेको छ । यद्यपी तीनै जनाले आफूहरु अहिले विप्लव समूहमा नरहेको बयान दिएका छन् ।

    थापाले भाडाका गुण्डाहरु प्रयोग गरेको रहस्य खुल्दै गर्दा फेरि अर्को रहस्य खुल्छ, यी चार जनाको नेतृत्वकर्ता भने बिप्लब समूहकै उच्च तहका अर्का व्यक्ति रहेको पत्ता लाग्छ।

    थापाले ती उच्च तहका व्यक्तिलाई जिम्मा दिएको काम ती व्यक्तिले नाताले मित पर्ने वकिल नन्दुराजमार्फत विन्तोष, रामदल र तिर्थमानलाई प्रयोग गरेका रहेछन् । पटक–पटक अधिकारी र उनकी श्रीमतीलाई टर्चर दिने यी चार जना मध्ये नन्दुराजले भने  ‘२ करोडसम्म कुरा मिलाउन सक्छु’ भन्दै धम्की दिंदै आएका थिए ।

    प्रहरी स्रोत भन्छ, ‘सचिन्द्रका बाबु टपेन्द्र र बिप्लब समूहका उच्च तहका नेतासँग पटक–पटक कुराकानी भएको पनि खुलिसकेको छ।  रकम नदिए सुपारी दिने  योजना समेत बनेको देखिन्छ।’

    सचिन्द्रलाई ३ करोड असुली गर्न अष्ट्रेलियामै रहेका उनका बाबु टपेन्द्रले पनि साथ दिएका छन् ।

    हुण्डी कारोबारी भनेर चिनिएका टपेन्द्र पटक–पटक विवादमा तानिएका व्यक्ति हुन् । इन्टरपोलमार्फत टपेन्द्र र सचिन्द्रलाई नेपाल झिकाउन प्रहरीले पहल थालिसकेको महाशाखा स्रोतले जनायो।

    पक्राउ परेकालाई आपराधिक लाभ लिन नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट तीन दिन हिरासतमा राख्ने अनुमति लिइएको महाशाखाका प्रमुख एसएसपी थापाले बताए। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको पनि एसएसपी थापाले बताए।

    पक्राउ परेका यी चार जनाको विप्लव माओवादीमा संलग्नता, भूमिका र चन्दा संकलनबारे प्रहरीले अर्को पाटोबाट पनि अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार