Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडौंमा ७६४ सहित उपत्यकामा थपिए ९ सय ७३ कोरोना संक्रमित

    काठमाडौंमा ७६४ सहित उपत्यकामा थपिए ९ सय ७३ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २७ कार्तिक २०७७
  • 2.2K
    SHARES

    तस्विर गुगल

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी ९ सय ७३ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    काठमाडौंमा ७ सय ६४ भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जना नयाँ संक्रमित थपिएका हुन् ।



    यस्तै नेपालमा आज थप १ हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २ हजार ३४९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार