Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रधान समूहका हिराचन महासंघको कोषाध्यक्षमा निर्वाचित

    प्रधान समूहका हिराचन महासंघको कोषाध्यक्षमा निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।

    सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत प्राप्त गर्दै हिराचन कोषाध्यक्षमा निर्वाचित बनेका हुन् । उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत प्राप्त गरेका थिए ।



    कुल ७२ मत मध्येमा ७१ मत खसेको महासंघका एक केन्द्रीय सदस्यले जानकारी दिए ।



    हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित कोषाध्यक्ष हिराचनलाई आजै सपथ खुवाएर कार्यभार दिने महासंघले तयारी गरेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार