Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौंमा ३ सय ४९ सहित उपत्यकामा थपिए ४३२ कोरोना संक्रमित

    काठमाडौंमा ३ सय ४९ सहित उपत्यकामा थपिए ४३२ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, २० मंसिर २०७७
  • 1.8K
    SHARES

    कीर्तिपुर, चम्पादेवीबाट देखिएको काठमाडौं उपत्यका । तस्बिर : रासस

    काठमाडौं । काठमाडौं उपत्यकामा ४ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा भेटिएका १ हजार २४ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ४ सय ३२ जना संक्रमित थपिएका हुन् ।



    काठमाडौंमा ३ सय ४९, भक्तपुरमा १८ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो। यो सँगै काठमाडौंमा मात्र ९० हजार ७७ जना संक्रमित पुगेको छ।



    जसमध्ये ५ हजार ६ सय ५१ जना सक्रिय छन् भने ८४ हजार २९ जना उपचारपछि निको भएका छन्। ३ सय ९७ जनाको मृत्यु भएको छ।

    ललितपुरमा कुल संक्रमितको संख्या १३ हजार ७ सय ६३ पुगेको छ। १ सय २२ जना संक्रमितको मृत्यु भएको छ। कुल संक्रमितमध्ये १२ हजार ५ सय १३ जना उपचारपछि निको भएका छन् भने १ हजार १ सय २८ जना सक्रिय छन्।

    यस्तै भक्तपुरमा कुल संक्रमितको संख्या ८ हजार १ सय ३६ पुगेको छ। जसमध्ये ७ हजार ५ सय ५० जना उपचारपछि निको भएका छन् भने ४ सय ९३ जना उपचाररत छन्। भक्तपुरमा हालसम्म ९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार