Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • देशभर थपिए ४१२ जना कोरोना संक्रमित, ४८३ जना डिस्चार्ज, ४ जनाको मृत्यु

    देशभर थपिए ४१२ जना कोरोना संक्रमित, ४८३ जना डिस्चार्ज, ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २३ पुष २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा आज थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ४८३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।



    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।



    नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै हिजो ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार