काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले मानव बेचबिखनमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्वशान्ती गाउँपालिका–२ घर भएका अमृत नेपाल चनिने ४१ वर्षीय अमृत बहादुर विश्वकर्मा रहेका प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले गैरकानुनी रुपमा श्रीलंका पुर्याई मानव बेचबिखनमा संलग्न रही फरार रहेका विश्वकर्मालाई झापाबाट पक्राउ गरेको हो ।
अमृतले २४ वर्षीया महिलालाई प्रलोभनमा पारी २०७६ फागुन ३ गते कुवेतमा घरायसी काममा लगाई दिने भन्दै काकडभिट्टा, सिलगुडी, भारतको नयाँदिल्ली, मुम्बई, चेन्नई हुँदै गैरकानुनी रुपमा श्रीलंका पुर्याएका थिए ।
श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा गत मंसिर ३० गते ती महिला नेपाल फर्कन सफल भएकी थिइन् ।
Leave a Reply