Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बीमाका समस्या समाधानका लागि खरो रुपमा उत्रन अर्थमन्त्रीको निर्देशन

    बीमाका समस्या समाधानका लागि खरो रुपमा उत्रन अर्थमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २२ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित हुने गरी काम गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् ।

    बीमा समितिको नवनियुक्त अध्यक्षको आज मन्त्रालयमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रका समस्या केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताए ।



    अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनीयता कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बताए । राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने उल्लेख गरे ।



    बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरोरुपमा उत्रने र द्रुतमार्गमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए ।

    अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सो अवसरमा अर्थमन्त्री पौडेल र सचिवद्वयले नवनियुक्त अध्यक्ष सिलवालाई बधाई तथा शुभकामना दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार