Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • १ लाख ९० हजार घुससहित चारजना पक्राउ

    १ लाख ९० हजार घुससहित चारजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहित चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र मानसिंह पुन मगर रहेका छन् ।



    अख्तियारको टोलीले उनीहरुलाई १ लाख ९० हजार रूपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।



    बागमती प्रदेश ०१–००२ झ ५३१८ मा बुटवलतर्फ आउँदै गरेको अवस्थामा रुपन्देहीको सैनामैना नगरपालिका– १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार