Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ड्युटी छाडेर ११ प्रहरी रहस्यमय रुपमा गायब, हेडक्वार्टरले थाल्यो खोजी

    ड्युटी छाडेर ११ प्रहरी रहस्यमय रुपमा गायब, हेडक्वार्टरले थाल्यो खोजी

    अनलाइन नेपाल
  • सोमबार, १० फाल्गुन २०७७
  • 6.6K
    SHARES

    काठमाडौं । एक महिनाको अवधिमा नेपाल प्रहरीका विभिन्न तहका ११ जना बेपत्ता भएका छन् । कुनै प्रकोप या भवितव्यमा परेर उनीहरू बेपत्ता भएका भने होइनन् । नियतवश कार्यरत कार्यालयले दिएको जिम्मेवारी छाडेर सम्पर्कबाहिर पुगेका हुन् ।

    १ महिनाको बीचमा कार्यरत कार्यालयमा ११ प्रहरी अनुपस्थित भएपछि प्रहरी प्रधान काार्यलयले तिनको खोजी थालेको छ ।



    प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार, ०७७ पुस २ देखि ०७७ माघ ६ गतेसम्म विभिन्न मितिमा, विभिन्न तहका ११ प्रहरी बिना जानकारी अनुपस्थित भएका छन् । आफूखुसी कार्यालयमा गैरहाजिर उनीहरूलाई उपस्थितिका लागि पत्राचार तथा खोजतलास गर्दा नभेटिएको प्रहरी भनाइ छ ।



    प्रहरी नियमावली, २०७१ को नियम ११५ ९२० बमोजिम सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि प्रधान कार्यालयले हाजिर हुन आउनेबारेको सातदिने सूचना जारी गरेको छ ।

    सम्पर्कमा नरहेका त्यस्ता प्रहरीले सन्तोषजनक स्पष्टीकरणसहित ७ दिनभित्र जवाफ पेस गर्न सक्नेछन् । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

    प्रहरी नियमावली, २०७१ को नियम ११३ ९१० को खण्ड (च) मा बिना जानकारी कार्यालयमा अनुपस्थिति प्रहरीलाई प्रक्रिया पुर्याएर सेवाबाट हटाउन सकिने प्रावधान छ ।

    यी हुन् बिना जानकारी अनुपस्थित प्रहरी

    बिना जानकारी अनुपस्थित हुने प्रहरीहरूमा प्रहरी हवल्दार शेरबहादुर भण्डारी, खेम कटुवाल र कुलबहादुर कुँवर छन् । बिना जानकारी कार्यालयमा अनुपस्थित हुनेमा अधिकांश प्रहरी जवान छन् । बिना जानकारी अनुपस्थित हुने प्रहरी जवानहरूमा प्रकाश केसी, विकल थापा, रनवीर बगाले मगर, अर्जुन राजी, रामकृष्ण रोकाया, सुरेशसिंह धामी, डिलकुमार बराम र नवराज मोक्तान छन् ।

    नेपाल प्रहरीमा बीचमै जागिर छाड्ने प्रवृत्ति देखापर्दै आएको छ । आफ्नो र परिवारको आवश्यकता जागिरबाट पूरा हुन नसक्नु र अवकाशको अवधि लामो हुनु यसको मुख्य कारण भएको बताइन्छ । यसले देश र प्रहरी संगठनलाई नोक्सानी पुर्याउँदै आएको छ,साँघु साप्ताहिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार