Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • हत्या अभियोगमा छोरा पक्राउ

    हत्या अभियोगमा छोरा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 2K
    SHARES

    सांकेतिक तस्विर

    कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले बुबाको हत्या गरेको अभियोगमा छोरालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

    कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई पोखरा महानगरपालिका–३२ महकुना बस्दै आएका ५८ वर्षीय बुबा जुमबहादुर कामीको हत्या गरेको अभियोगमा ३४ वर्षीय छोरा रामकृष्ण कामीलाई पक्राउ गरेको हो ।



    घरको झ¥याङबाट खसेर मृत्यु भएको सूचनाका आधारमा घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय शिशुवा डाँडाको नाकको प्रहरी टोलीको अनुसन्धानका आधारमा फागुन ९ गते राती बाबु छोराबीच विवाद हुँदा छोराले ढोकामा प्रयोग हुने चारपाटे काठको औलो प्रहारबाट उनको मृत्यु भएको खुलेको हो ।



    निजलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदातलबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार