Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भ्याक्सिनबाट हङकङमा एक जनाको मृत्यु, १३ नयाँ संक्रमित

    कोरोना भ्याक्सिनबाट हङकङमा एक जनाको मृत्यु, १३ नयाँ संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    एजेन्सी। हङकङमा मंगलबार थप १३ वटा कोरोन संक्रमित थपिएका छन् ।

    हङकङ स्वस्थ रक्षण केन्द्रका डाक्टर च्वाङ सुक क्वानका अनुसार मंगलबार १३ वटा नयाँ कोरोना संक्रमित थपिएका हुन् ।



    नयाँ संक्रमितहरुमा विदेशबाट आएका ६ जना ( २ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर , २ जना दुबई र दुई जना पाकिस्तानबाट आएका यात्रु) र बाँकी ७ जना स्थानीय केस रहेकाछन् ।



    पाकिस्तानबाट आएका यात्रु ९ मा कोरोना भाइरसको नयाँ लक्षण देखिएको डाक्टर सुक क्वानले बताईन् ।

    स्थानीय केस मध्ये ३ केस पुर्व केससंग संबंधित रहेको छ भने ४ केस स्रोत पहिल्याउन नसकिने स्रोतबाट आएकाछ्न । हङकङमा कुल कोरोना केस ११,०३३ पुगेकोछ।

    त्यस्तै, कोभिड भ्याक्सिनबाट ६३ वर्षीय पुरुषको मृत्यु भएको छ।

    कोभिड भ्याक्सिन लगाएपछि ६३ वर्षीय मधुमेह र ब्रोङ्काइटिस रोगबाट पहिल्यैदेखि पीडित पुरुष रोगीको मृत्यु भएको छ।

    बेजिङ उत्पादित साइनोभ्याक ज्याब उनले हङकङमा भ्याक्सिन वितरण भएकै दिन गत शुक्रबार जोर्डनको कुन चुङ स्पोर्ट्स सेन्टरमा लगाएका थिए ।

    भ्याक्सिन लगाएको दुई दिन पछि सास फेर्न बहुत गाह्रो भएको थियो र त्यस्तो भएको केही क्षणमा नै उनको मृत्यु गत आइतबार भएको हो। तर हेल्थ अथरिटीले उनको मृत्यु भएको दुई दिन पछि आज मंगलबार बेलुकी उनको मृत्युबारे जानकारी दिएकोछ।

    स्रोतले जनाए अनुसार आइतबार मध्यरातमा नै उनी एम्बुलेन्सबाट क्युइन एलिजाबेथ अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । भर्ना भएको केही क्षणमा नै ऊनी कोमामा गएपछि उनको मृत्यु भएको थियो ।

    हङकङ हस्पिटल अथरिटिले उनको मृत्यु कोभिड भ्याक्सिनले भएको हो कि होइन भन्ने तथ्यलाई छानबिन गर्न विशेषज्ञ समितिकहाँ यथाशीघ्र पठाउने भएकोछ।

    उनको मृत्युलाई हङकङको मृत्यु समिक्षा अदालतमा पनि पेश गरिने भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार