Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उकालो लाग्यो सुनको मूल्य

    उकालो लाग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, २३ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    फाइल फाेटाे

    काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो ।



    यस्तै, तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ । तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको छ ।



    त्यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार हुने महासङ्घले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार